दफा ६३ग
जिल्ला गुठी सञ्चालन सहयोग समिति
(१) गुठी जग्गाको सुव्यवस्था गर्नको लागि नेपाल सरकारले आवश्यकतानुसार जिल्ला गुठी सञ्चालन सहयोग समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन, काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।